कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ लाख ५ हजार नगदसहित १६ जुवाडे पक्राउ

नारायण शर्मा

नवलपरासी पूर्व — पूर्वी नवलपरासीको विभिन्न स्थानमा जुवा खेल्दै गरेका १६ जना पक्राउ परेका छन् । उनीहरुबाट २ लाख ५ हजार नगद बरामद भएको छ ।

२ लाख ५ हजार नगदसहित १६ जुवाडे पक्राउ

गैंडाकोटमा पासा खेल्दै गरेका ११ जना पक्राउ परेका छन । गएराति गैंडाकोट नगरपालिका–८ स्थित एक घरमा पासा खेल्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट एक लाख २४ हजार ४ सय ४९ नगद बरामद भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट ८० हजार नगदसहित ५ जुवाडे पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नम्बर–५ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गए राति ५ जना पक्राउ परेका हुन् ।

प्रकाशित : मंसिर २, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?