कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

हरिराम उप्रेती

गोरखा — गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पालुङटार नगरपालिका–७ च्याङलीका ८३ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

दुई हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका उनी यही कात्तिक २७ गते अस्पताल भर्ना भइ आइसोलेसनमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।


प्रकाशित : मंसिर २, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?