कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाका संक्रमितको नवलपरासीमा मृत्यु

नारायण शर्मा

नवलपरासी — पाल्पाका एक संक्रमितको उपचारको क्रममा पूर्वी नवलपरासीमा मृत्यु भएको छ । मध्यबिन्दु जिल्ला अस्पतालले निकालेको विज्ञप्तिमा पाल्पा रामपुर ५ निवासी ५६ वर्षीय संक्रमित एक पुरुषको बुधबार राति मृत्यु भएको हो । 

पाल्पाका संक्रमितको नवलपरासीमा मृत्यु

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट चितवनमा रिफर गरिएका ती पुरुषलाई ल्याउँदा-ल्याउँदै चापेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । मृत्युपछि गरिएको उनको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?