कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनहुँ राजमार्गमा निस्कन्छ गैंडा

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्डमा दिनदिनै गैंडा निस्कन थालेका छन् । बिहीबार कावासोतीमा बाटामै गैंडा आइपुगेको छ । 

दिनहुँ राजमार्गमा निस्कन्छ गैंडा

चितवन निकुञ्जबाट ६ किलोमिटर उत्तर राजमार्गमा एक सातायता दिनहुँ गैंडा डुल्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट २ किलोमिटर पूर्वतर्फ राजमार्गमा गैंडा हिँडेपछि हेर्ने र फोटो खिच्नेको भीड लागेको थियो ।

राजमार्ग किनारमा चर्ने गैंडा राजमार्ग वारपार गर्दा यात्रुले रमाइलो मान्ने गरेको स्थानीय सूर्य गुरुङले बताए । डिभिजन वन कार्यालयका सहायक अधिकृत शरद अधिकारीले गैंडालाई बस्तीतर्फ आउन नदिन धपाउन थालिएको बताए ।

प्रकाशित : कार्तिक ६, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?