कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालुङटार नगरपालिकाले बनायो २० शय्याको आइसोलेसन कक्ष

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिकाले २० शय्याको आइसोलेसन  कक्ष तयार गरेको छ । पालुङटार नगपरपालिका–४ मालती गैरास्थित सुदर्शन आधारभूत विद्यालय भवनमा आइसोलेसन बनाइएको  स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तथा कोरोना फोकल पसर्न दिपेन्द्र गिरीले बताए ।

पालुङटार नगरपालिकाले बनायो २० शय्याको आइसोलेसन कक्ष

उक्त विद्यालयको वैकल्पिक भवन छुट्टै निर्माणाधीन रहेकाले पुरानो भवनमा आइसोलेसन बनाइएको हो ।

उक्त आइसोलेसनमा शुक्रबारबाट संक्रमित राख्ने तयारी समेत गरिएको छ । ‘आज नगर क्षेत्रका चार जनामा कोरोना पोजिटिभ देखिएको छ, होम आइसोलेसनमा बस्न असहज हुनेलाई आजबाटै आइसोलेसनमा राख्छौँ,’ उनले भने । आइसोलेसनका लागि चाहिने आधारभूत संरचना पनि निर्माण भइसकेको छ । ‘अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गरिसकेका छौँ, खानाका लागि किचन तयार भइसक्यो,’ उनले भने,‘संक्रमितलाई उपचारमा सजिलोका लागि सीसी क्यामेरा पनि जोडेका छौँ ।’

यसअघि पालुङटार नगरपालिकामा कोरोना पोजिटिभ देखिएकालाई सदरमुकामस्थित गोरखा क्याम्पसको आइसोलेसनमा ल्याउनुपर्ने बाध्यता थियो । ‘गोरखा क्याम्पससम्म पुर्‍याउन टाढा पनि भयो, आफ्नै पालिकामा भएपछि सहज हुन्छ भनेर आइसोलेसन तयार पारेका हौँ,’ उनले भने । संक्रमितका उपचारका लागि एक–एक जना डाक्टर, अनमी र अहेव परिचालन गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?