कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा बसको ठक्करबाट दुई जनाको मृत्यु

प्रतीक्षा काफ्ले

स्याङ्जा — सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत भीरकोट नगरपालिका–१ हेलुस्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ ।

स्याङ्जामा बसको ठक्करबाट दुई जनाको मृत्यु

वालिङको पाइनिज हायर एजुकेसन एकेडेमी स्कुलको ग १ क ४३७० नम्बरको बसले हेलुबाट वालिङतर्फ आउFदै गरेको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भीरकोट नपा–३ बानेथोक घर भइ हाल कपिलवस्तु बस्दै आएका ३१ वर्षीय गुप्तबहादुर खत्री र सोही ठाउँ घर भइ हाल वालिङ–१ रामबाच्छा बस्दै आएका ५५ वर्षीय ढालबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार घाइते भएका दुवै जनालाई उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलु लगिएको थियो । उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेका हुन् । दुवै जनाको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल र बसलाई नियन्त्रणमा लिएको छ भने बस चालक भीरकोट निवासी ५६ वर्षीय गंगाबहादुर गुरुङलाई पनि नियन्त्रणमा लिइएको बताएको छ ।

प्रकाशित : आश्विन २३, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?