कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिपको ठक्करबाट वृद्धाको मृत्यु

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिकाको ठूलीबेंसीमा मंगलबार जिपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

मंगलबार बिहान ९ बजे बेंसीसहरबाट आउँदै गरेको ग२च ९११७ नम्बरको जिपले ठक्कर दिँदा स्थानीय ७० वर्षीया टुकमाया थापाको मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले बताए ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप पछाडि फर्काउने क्रममा वृद्धालाई ठक्कर दिएको थियो ।

जिप र चालक कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?