कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी ज्यान मुद्दाका फरार अपराधी ११ वर्षपछि पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका एक व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरीले पुतलीबजार नगरपालिका–८ कोल्मा घर भई पोखरा महानगरपालिका–१० मा बस्दै आएका राजकुमार नेपालीलाई नियन्त्रणमा लिएको हो ।

लुकीछिपी बस्दै आएका नेपालीलाई गोप्य सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालतमा हाजिर गराएर कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।

उनी २०६६ असार ३ गतेदेखि फरार थिए । यसै गरी प्रहरीले विभिन्न मुद्दामा जरिवाना असुल गर्न बाँकी रहेका ती जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको जनाएको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?