कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाउजु हत्या आरोपमा देवर पक्राउ

आश गुरुङ

लमजुङ — भाउजुको हत्या गरेको अभियोगमा लमजुङ प्रहरीले देवर नाता पर्ने एकजनालाई घटनाको २३ दिनपछि पक्राउ गरेको छ । 

भाउजु हत्या आरोपमा देवर पक्राउ

क्व्होलासोंथर गाउँपालिका ९ गिलुङकी ५९ वर्षीया बिमाया भन्ने वुद्धिमाया विकलाई हत्या गरेको आरोपमा देवर नाता पर्ने गिलुङकै ५७ वर्षीय बिलबहादुर विकलाई पक्राउ गरेको डिएसपी गंगाबहादुर थापाले बताए ।

प्रहरीका अनुसार जग्गासम्बन्धी विवादमा एकल महिला बिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत भदौ २३ गते बिहान ७ बजे बुद्धिमाया आफ्नै घरमा शंकास्पद रुपमा मृत भेटिएकी थिइन् । प्रहरी अनुसन्धानबाट दोषि देखिएका बिलबहादुरसँगको सोधपुछमा भदौ २० गते राति करिब ९ बजे भाउजु (बिमाया) लाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बिमायका छोराबुहारी मध्यनेपालको रामबजार बस्दै आएका छन् भने उनको पतिको ५ वर्षअघि मृत्यु भएको थियो ।

बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको इन्सपेक्टर ओमप्रकाश पुनले जानकारी दिए ।

प्रकाशित : आश्विन १२, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?