कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेललाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पोखरा — कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता इन्द्रप्रसाद पौडेललाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

पौडेललाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पोखराको सहारा क्लबले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा मंगलबार उनलाई पुरस्कार प्रदान गरेको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पौडेललाई पुरस्कार हस्तान्तरण गरे । क्लबले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारको राशि २० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

पुरस्कार हस्तान्तरण गर्दै मन्त्री गुरुङले नियमावलीको अभावमा खेलकुदमा छुट्टिएको बजेट खर्च हुन नसकेको बताए । उनले गत आर्थिक वर्षमा कोरोना महामारीले गर्दा पनि बजेट खर्च हुन नसकेको बताउँदै यस वर्ष पूर्वाधार निर्माणको काम नरोकिने उल्लेख गरे ।

उक्त अवसरमा क्लबले उत्कृष्ट सदस्यको रुपमा प्रकाश रानामगरलाई सम्मान गर्‍यो । क्लबका महासचिव रामजीप्रसाद अधिकारीले गत आर्थिक वर्ष २०७६/०७७ को प्रगति विवरण तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थायी घर भइ हाल पोखरा–८ मा बस्दै आएका पौडेल २०६२ देखि कान्तिपुर टेलिभिजनमा आवद्ध छन् ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?