कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोलबाट खसेर विद्युत् प्राविधिकको मृत्यु

अगन्धर तिवारी

पर्वत — विद्युत् लाइन मर्मत गर्ने क्रममा पोलबाट खसेर पर्वत वितरण केन्द्रमा कार्यरत एक प्राविधिकको मृत्यु भएको छ । सोमबार साँझ सवा ७ बजे अवरुद्ध विद्युत् सुचारु गर्न कुस्मा नगरपालिका–७ खरेहामा पोलमा चढेका ३५ वर्षीय भोलाराम शर्माको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पोलमा चढेर मर्मत गर्दै गरेका शर्मा अचानक सडकमा बजारिएका थिए । गम्भीर घाइते भएका उनलाई पर्वत अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए । ‘बेल्ट मात्रै लगाएको भए पनि यस्तो घटना नहुन सक्थ्यो,’ सुवेदीले भने, ‘बेल्ट, हेल्मेट केही नलगाई चढ्नुभएको रहेछ ।’ करेन्ट लागेर वा चिप्लिएर खसेको भन्ने खुलाउन पोस्टमार्टम रिपोर्ट कुर्नुपर्ने सुवेदीले बताए । उनका अनुसार शर्माको टाउकोको पछाडिपट्टि गहिरो चोट छ । शर्मा नेपाल विद्युत् प्राधिकरण पर्वतमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए ।

प्रकाशित : भाद्र ३०, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?