कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो 

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ । सोमबार विभिन्न जिल्लामा ३९ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा १७ जना संक्रमित थपिएका छन् । यसैगरी तनहुँमा ११, गोरखामा ९ र बागलुङमा दुई जना छन् ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो 

संक्रमितमध्ये कास्कीमा ७ जना नेपाल प्रहरीका छन् । यसैगरी कास्कीमा संक्रमितमा ३ जना भारत, एक जना जापानबाट आएका र एक स्वास्थ्यकर्मी छन् । बागलुङको बडीगाड गाउँपालिकाका दुई जना विदेशबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

अन्य संक्रमित भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताए ।

संक्रमितमध्ये प्रदेशभरि १ हजार ८ सय ६१ जना निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या १ हजार एकसय २२ छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । हालसम्म गण्डकीमा ५७ हजार १ सय २६ नमुनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?