१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ड्युटीमा रहेका प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — वालिङ नगरपालिका–८ मा ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय प्रतीक गुरुङ पक्राउ परेका छन् । गुरुङले ड्युटीमा रहेका प्रहरीको बर्दीसमेत च्यातिदिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध आइतबार जिल्ला अदालतमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । अदालतले अनुसन्धानका लागि १५ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए ।


प्रकाशित : भाद्र २२, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?