कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा एकै परिवारका ४ जनासहित ५ जनामा कोरोना

सम्झना रसाइली

तनहुँ — जिल्लाको व्यास नगरपालिका–१ चारकुनेमा आइतबार एकै परिवारका ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गत शुक्रबार ब्यास–१ की ६९ वर्षीय वृद्धामा कोरोना पोजिटिभ देखिएपछि उनकै परिवारका सदस्यहरुको परीक्षण गर्दा रिपोर्ट पाजिटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतिले बताए ।

तनहुँमा एकै परिवारका ४ जनासहित ५ जनामा कोरोना

‘पोखरामा गरिएको परीक्षणमा ती महिलामा कोरोना देखिएपछि उनका परिवारले आफै पोखरा गएर परीक्षण गरेका थिए’, उनले भने, ‘अवस्था सामान्य रहेका उनीहरुलाई दमौली अस्पतालको आइसोलेसनमा राखिएको छ ।’ संक्रमण हुनेमा ९ वर्षीय बालक, १३ वर्षीया बालिका, ४० वर्षीय पुरुष र ३६ वर्षीय महिला रहेको जनाइएको छ ।

यस्तै, वृद्धामा कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ मार्फत १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । त्यस्तै, जिल्लाको भानु नगरपालिका–४ का ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने पुरुष नगपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताएका छन् ।

हालसम्म जिल्लामा २१८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएकोमा १८० जना निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ३२, २०७७ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?