कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जाका एसपीसहित ३ जना प्रहरी कोरोनामुक्त

प्रतीक्षा काफ्ले

स्याङ्जा — जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)सहित तीन जना प्रहरी कोरोनामुक्त भएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएकोस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जाका एसपीसहित ३ जना प्रहरी कोरोनामुक्त

एसपी विमलराज कणेलसहित एक जना हवल्दार र एक जना प्रहरी जवान निको भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङमा गरी जिल्लाभर ४० जना प्रहरीमा कोरोना देखिएको थियो । वालिङ र गल्याङका एक/एक जना रहेका छन् भने, बाँकी जिल्ला प्रहरी कार्यालयमा नै कार्यरत रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

अझै ३५ जना भिरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा, वालिङको कुँवर समाज हलमा निर्माण गरेको आइसोलेसन र गल्याङ नगर अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत छन् । साउन ६ गते पहिलो पटक स्याङ्जामा ३ जना प्रहरीमा संक्रमण देखिएको थियो । त्यसपछि एकैपटक ज्वरो आउने र टाउको दुख्ने भएपछि ११ गते गरिएको स्वाब संकलनमा साउन १२ गते एसपी कणेलसहित अन्यमा कोरोना संक्रमण पुष्टि भएका थियो ।

स्वास्थ्यकर्मीको निगरानीमा एसपी कँडेल आफ्नै निजी निवासमा बसेका थिए भने बाँकी प्रहरी आइसोलेसन सेन्टरमा बसेका छन् । आफ्नै निवासमा बसेर नियमित व्यायाम र खानपानमा ध्यान पुर्‍याउँदै आएकाले कँडेलले नवौं दिनमा कोरोना जित्न सफल भएको बताएका छन् ।

स्वास्थ्य प्रमुख यामप्रसाद शर्माका अनुसार स्याङ्जामा संक्रमण पुष्टि हुनेको संख्या २ सय ८२ पुगेको छ । उपचारपछि १ सय ९८ जना निको भएर घर फर्केका छन् भने ८२ जना उपचाररत छन् । कोरोनाका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?