कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षीय बालकको मृत्यु

सम्झना रसाइली

तनहुँ — शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ८ बजेतिर आँगनमा खेल्दै गरेका स्थानीय विष्णुकुमार रानाका छोरा रोहन रानालाई चितुवाले लगेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षीय बालकको मृत्यु

‘घरका अन्य सदस्यहरु घरभित्र अन्य कामकाजमा व्यस्त भएको बेला आँगनमा खेल्दै गरेका रोहनलाई चितुवाले टिपेर लगेको रहेछ’, उनले भने, ‘चितुवाले लगेका बालकको बुधबार मध्यरातमा टाउको र हात मात्र भेटिएको छ । ती दुवै अंग घरबाट झण्डै तीन किलोमिटर पर जंगलमा भेटिएको हो । अरु भाग अझै भेटिएको छैन ।’

यसअघि पनि शुक्लागण्डकीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गइसकेको छ । २०७४ साल फागुन १ गतेयता चितुवाको आक्रमणबाट तनहु्ँमा १० जना बालबालिकाले ज्यान गुमाइसकेका जिल्ला डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए । त्यस्तै, चितुवाको आक्रमणबाट ८ जना बालबालिका घाइते भएका छन् ।

प्रकाशित : श्रावण २२, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?