कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले पुरिएर मजदुरको ज्यान गयो

कान्तिपुर संवाददाता

गोरखा — बेनिघाट–लार्के सडक खण्डमा काम गर्ने एक मजदुरको आइतबार पहिरोले पुरिएर ज्यान गएको छ ।

धार्चे गाउँपालिका–२ तातोपानीस्थित पुलपारीको सडक निर्माणमा खटिएका चितवन घर भएका ३३ वर्षीय महेन्द्र बर्तौलाको पहिरोले पुरिएर मृत्यु भएको सडक निर्माण कार्यदलका प्रमुख तथा नेपाली सेनाका मेजर निशान्त क्षेत्रीले बताए ।

‘कटिङको काम भइरहेको थियो, एक्कासी झरेको पहिरोले घटना हुन पुग्यो,’ उनले भने । उक्त सडक खण्डको ट्रयाक खोल्ने जिम्मा सेनाले पाएको छ । घटनास्थलतर्फ नेपाल प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?