कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमरसिंह थापाको स्मृतिमा सिरानचोकमा सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

गोरखा — राष्ट्रिय विभूति अमरसिंह थापाको २०४औं स्मृति दिवसमा सिरानचोक गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।थापाको सम्मान र सम्झनामा सार्वजनिक बिदा दिइएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

‘विभिन्न इतिहासमा अमरसिंह थापा सिरानचोकमा जन्मिएको उल्लेख छ,’ उनले भने, ‘थापाको योगदानको कदर गर्दै उहाँ जन्मिएको गाउँपालिकामा सार्वजनिक बिदा दिएर विशेष कार्यक्रम गरी दिवस मनाउन लागेका हौँ ।’ अमरसिंह थापा सिरानचोकमा जन्मिएको इतिहासमा पाइए पनि कुन वडामा जन्मिएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । अमरसिंह थापाको विस्तृत खोज तथा अनुसन्धानका लागि एक विज्ञ समूह बनाइएको छ ।

सिरानचोक गाउँपालिकाको गाखुस्थित डाडेमा अमरसिंह पार्क निर्माण कार्य सुरु गरिएको पनि गुरुङले बताए । चार रोपनी क्षेत्रफलमा बन्ने पार्कभित्र अमरसिंह थापाको सालिकलगायतको संरचना वबनाइने उनले बताए ।


प्रकाशित : श्रावण १६, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी हेडक्‍वार्टरका थप २८ जनामा कोरोना, संक्रमितको संख्या ७२ पुग्यो

देशभर २५० प्रहरीलाई कोरोना, १०१ जना निको भए
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा बिहीबार साँझ १० र शुक्रबार बिहान थप १८ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । प्रहरी प्रवक्ता कडायतका अनुसार अहिलेसम्म देशभर २ सय ५० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म संक्रमण पुष्टि भएकामध्ये १ सय १ जना निको भइसकेको उनले बताए ।

संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता कडायतले जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×