कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वी राजमार्गको तनहुँ खण्ड अझै सञ्‍चालनमा आएन

सम्झना रसाइली

तनहुँ — अविरल वर्षका कारण भाँसिएको जिल्लाको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वीराजमार्ग अझै सञ्‍चालनमा आउन सकेको छैन ।  मंगलबार भाँसिएको सडक मर्मत नसकिँदा राजमार्ग सुचारु हुन नसकेको हो ।

पृथ्वी राजमार्गको तनहुँ खण्ड अझै सञ्‍चालनमा आएन

डाइभर्सनमार्फत सावारी साधान सञ्‍चालनमा ल्याए पनि ठूला मालवाहक ट्रकहरु फसेकोले शुक्रबारदेखि मर्मत कार्य थालिएको सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियार सचिन श्रेष्ठले बताए । ‘शनिबार साँझसम्म साना सवारी साधान सञ्चालन गर्ने गरी काम भइरहेको छ,' उनले भने, 'आइतबार साँझसम्म राजमार्ग पूर्ण रुपमा सञ्‍चालनमा ल्याउने प्रयासमा छौं ।’

यस्तै, एम्बुलेन्स लगायत अत्यावश्यक सावारी साधनलाई वैकल्पिक मार्गबाट आउजाउ गर्न दिइएको जिल्ला ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले बताए । जिल्लाको आँबुखैरेनी, डुम्रे, घाँसीकुवा, दमौलीमा सवारी साधान रोकेर सडक निर्माण कार्यलाई सहज बनाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा धेरै मात्रामा सवारी साधान अलपत्र परेका छन् ।

सडक निर्माणमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत खटिरहेका छन् ।




प्रकाशित : श्रावण १०, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?