कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपर कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

म्याग्दी — अन्नपूर्ण गाउँपालिका ३ गुईठको भीरबाट मंगलाबार साँझ टिपर कालीगण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार मंगला गाउँपालिका ५ अर्मन छिस्वाङका चालक ज्ञानबहादुर पुन बेपत्ता भएका हुन् । 

टिपर कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको बा २ क ३४२४ नम्बरको टिपर गिटीबालुवा लिएर कार्यस्थलतर्फ फर्कने बेलामा पहिरोग्रस्त गुईठे भीरबाट कालीगण्डकीमा खसेको प्रहरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुँवरका अनुसार सडकका डिलसहित भासिएपछि टिपर नदीमा खसेको हो ।

प्रकाशित : असार ३०, २०७७ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?