कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखाबाट २५ कोरोना संक्रमित निको भएर घर फर्किए

हरिराम उप्रेती

गोरखा — गोरखा क्याम्पसको आइसोलेसन सेन्टरमा उपचाररत २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५ स्थानीय तहका ४ महिलासहित २५ जनालाई मंगलबार डिस्चार्ज गरिएको आइसोलेसन सेन्टरका सूचना अधिकारी निश्चल अर्यालले जानकारी दिए ।

गोरखाबाट २५ कोरोना संक्रमित निको भएर घर फर्किए

पालुङटार नगरपालिकाका र सिरानचोक गाउँपालिकाका २/२ जना, भिमसेन थापा गाउँपालिकाका १७ जना, सहिद लखन गाउँपाकिलाका ३ जना र वारपाक सुलिकोट गाउँपालिकाका १ जना निको भएर घर फर्किएका हुन् ।

१४ दिन क्‍वारेन्टाइनमा बिताएकाहरुको दोस्रो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न सुझाएको अर्यालले बताए । मंगलबार डिस्चार्ज भएका २५ जनासँगै गोरखामा कोरोना जितेर घर फर्कनेको संख्या ८५ पुगेको छ ।

गोरखामा १०० जनामा कोरोना संक्रमण देखिएको थियो । अब आइसोलेसनमा १५ मात्रै छन् ।

प्रकाशित : असार ३०, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?