कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले गैंडाकोटको डाइभर्सन बगायो

नवलपुर — पूर्व पश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको गैंडाकोटमा बाढीले डाइभर्सन बगाएको छ । 

बाढीले गैंडाकोटको डाइभर्सन बगायो

सडक बिस्तारको क्रममा पुल निमार्ण हुँदै गरेको स्थानमा डाइभर्सन निर्माण गरिएको थियो । डाइभर्सन बगाएपछि सवारी आवातजवात बन्द भएको छ ।

गत राती १ बजेदेखि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । अहिले बगाएको डाइभर्सनमा माटो भरेर बाटो खुलाउने प्रयास भइरहेको छ । सयौंको संख्यामा मालवाहक ट्रक र निजी सवारी साधन रोकिएका छन् ।

प्रकाशित : असार २७, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?