कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा पहिरोमा मृत्यु भएकाका परिवारलाई ३ लाख राहत

आश गुरुङ

लमजुङ — पहिरोमा परी मृत्यु भएका ३ जनालाई विपद व्यवस्थापन समिति लमजुङले ३ लाख रुपैयाँ राहत प्रदान गरेको छ । भीषण पानी परिरहेको बेला बिहीबार राति घर माथिबाट एक्कासी आएको पहिरोले पुरिँदा बेंसीसहर नगरपालिका १०, खाँचेका ३३ वर्षीय दीपक तामाङ, उनका पत्नि २७ वर्षीया भीममाया र छोरा १० वर्षीयको छेवाङको घटनास्थलमै मृत्यु भएको थियो ।

लमजुङमा पहिरोमा मृत्यु भएकाका परिवारलाई ३ लाख राहत

मृतक प्रतिव्यक्ति १/१ लाख रुपैयाँका दरले राहत दिइएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शुक्रबार दिउँसो मृतक दीपकका बुवा हर्कबहादुरलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । विपद्‍मा परेर मृत्यु भएमा सरकारले जनही १ लाख रुपैयाँ राहत दिने व्यवस्था छ । राहत वितरणमा प्रजिअ शर्मासहित डीएसपी गंगाबहादुर थापा, सशस्त्र डीएसपी रमेशकुमार गुरुङलगायतको टोली हर्कबहादुर बसेको छोरी सावित्रीको घरमा पुगेको थियो ।

बिहीबार राति पौने ११ बजेतिर पहिरो गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी साथै स्थानीयले उद्धार गरी भीममायाको शव राति १२:५० बजेतिर निकालेका थिए । दीपक र उनको छोराको शव २:४५ बजे सँगै फेला परेको डीएसपी थापाले बताए ।

प्रकाशित : असार २६, २०७७ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?