कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङका १२ जना कोरोनामुक्त भएर घर फर्किए

प्रकाश बराल

बागलुङ — धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा बसेका १२ जना कोरोना संक्रमित निको भएका छन् ।

बागलुङका १२ जना कोरोनामुक्त भएर घर फर्किए

सोमबार बिहानको परीक्षणबाट उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र पोखरेलले बताए । डिस्चार्ज भएकामध्ये ८ जना आइसोलेसनमा थिए । ४ जना प्रि–आइसोलेसनमा थिए । डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ६ जना ताराखोला गाउँपालिकाका २ जना, गलकोट नगरपालिकाका २ जना छन् । बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाका एक/एकजना रहेका छन् ।

उनीहरुमध्ये अधिकांश दुई सातामात्रै अस्पतालमा बसेका थिए । गलकोटका दुई युवा भने एक महिनासम्म आइसोलेसन बसेका थिए । अधिकांशको दोश्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो भने गलकोटका युवाको तेस्रोपटकमा नेगेटिभ आएको हो ।

गण्डकी प्रदेश सरकारले नेगेटिभ रिपोर्ट नआएसम्म डिस्चार्ज नगर्ने नीति लिएपछि उनीहरु आइसोलेसनमै थिए । यसअघि नेपाल सरकारले लक्षण नदेखिएको र दुई सातासम्म आइसोलेसन बसेको भए डिस्चार्ज गर्न सकिने भनेको थियो । उनीहरुसहित जिल्लामा १ सय ४ जनाले कोरोना जितेका छन् । आइतबार थपिएका ५ जनासहित जिल्लामा २ सय ९ जना संक्रमित पुगेका छन् । बाँकी १ सय ५ जना आइसोलेसनमा छन् ।

प्रकाशित : असार २२, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?