कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृत्यु भएको १४ घन्टापछि कोरोनाको रिपोर्ट पोजिटिभ

प्रकाश बराल

बागलुङ — निसीखोला गाउँपालिका–२ का २९ वर्षीय युवकको मृत्यु भएको १४ घन्टापछि कोरोना पुष्टि भएको छ । 

मृत्यु भएको १४ घन्टापछि कोरोनाको रिपोर्ट पोजिटिभ

शनिबार राति १२ बजे निधन भएका युवकको आइतबार दिउँसो मात्रै कोरोनाको पोजिटिभ रिपोर्ट आएको हो । मृतकको परिवारका ५ जनाको स्वाब संकलन गरिएकोमा ३ जनाको शनिबार नेगेटिभ आएको थियो । एक बालकको भने स्पष्ट नभएपछि फेरि स्वाब संकलन गरिने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना शर्माले बताइन् ।

फोक्सोको बिरामी भएकोले लकडाउनअघि नै ती युवा उपचारका लागि भारत गएका थिए । असार ३ गते बागलुङ आएपछि उनी क्वारेन्टाइनमा बसेका थिए । उपचार सम्भव नहुने भएपछि परिवारका सदस्यले युवालाई लिएर फर्केका थिए । ती मृतकसँगै स्थानीय अन्य युवाहरुपनि आएका थिए । ती युवाहरु ढोरपाटन नगरपालिकाको उत्तरगंगा मावि क्वारेन्टाइनमा बसेका छन् । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी गरेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताए । सदरमुकामदेखि टाढा भएकोले व्यवस्थापनका लागि ढिला हुने उनले जानकारी दिए ।

प्रकाशित : असार २१, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?