गण्डकीमा कोरोना संक्रमितको संख्या ९९४ पुग्यो

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा २८ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा संक्रमितको संख्या हजारनजिक पुगेको हो ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ९९४ पुग्यो

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो पटक संक्रमित हुनेमा पूर्वी नवलपरासीका १२, गोरखाका ३, कास्की र तनहुँका १/१, स्याङजाका ८ र बागलुङका ३ जना रहेका छन । पूर्वी नवलपरासी र कास्कीका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको छ ।

गोरखाका एक जनालाई कोरोना अस्पताल भरतपुर चितवनमा राखिएको र अन्यलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । गण्डकीमा संक्रमितमध्ये २ सय १४ जना निको भएका छन । स्याङ्जाका दुई संक्रमितको मृत्यु भएको छ । अझै ३ सय २ जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी छ ।


प्रकाशित : असार १७, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?