कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी प्रदेशमा थप ५३ मा कोरोना संक्रमण

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेशमा सोमबार ५३ जनामा कोरोना पोजिटिभ देखिएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९ सय ४९ पुगेको छ ।

गण्डकी प्रदेशमा थप ५३ मा कोरोना संक्रमण

प्रदेश स्वास्थ्य निर्देशनालयको प्रेस विज्ञप्तीका अनुसार स्याङ्जामा १०, तनहुँमा १०, बाग्लुङमा १४, पर्वतमा १३ र गोरखामा ६ जनालाई संक्रमण देखिएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।

सोमबारै नवलपुरमा कोरोनामुक्त भएर १६ जना घर फर्किएका छन् । हालसम्म गण्डकी प्रदेशमा २१४ जना संक्रमित निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असार १५, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?