कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङमा क्वारेन्टाइन बाहिरका व्यक्तिलाई कोरोना संक्रमण

प्रकाश बराल

बागलुङ — बागलुङमा क्वारेन्टाइनबाहिरका व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पोखरामा भएको पीसीआर परीक्षणका क्रममा शनिबार बेलुकी क्वारेन्टाइनमा नबसेका बागलुङका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

बागलुङमा क्वारेन्टाइन बाहिरका व्यक्तिलाई कोरोना संक्रमण

आइतबार बिहान मात्रै ती व्यक्तिमा कोरोना संक्रमण भएको थाहा भएपछि यहाँका सरकारी कार्यालय, सामाजिक संस्थासमेतले आकस्मिक बैठक बसालेका छन् । बागलुङ नगरपालिकाले पनि केही कर्मचारीलाई घरमै बस्न भनेको छ भने अन्य कार्यालयमा पनि बैठक बसिरहेको छ ।

‘केही व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ, उनीहरु कहाँ कसरी कोसँगको सम्पर्कमा थिए भन्ने अध्ययन हुँदैछ,’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘लकडाउन गरेर, सिल गरेर भन्दा पनि सचेत भएर कन्ट्याक्ट ट्रेसिङमार्फत समस्या सुल्झाउने काम गर्छौ ।’ उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरिने उनले बताए ।

बागलुङमा अहिलेसम्म १ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २३ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित : असार १४, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?