कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा थप ३४ जनामा कोरोना संक्रमण

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेशका ३ जिल्लाका ३४ जनामा कोरोना देखिएको छ ।  प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको वडीगाड गाउँपालिकामा ६, बाग्लुङ नपामा १७, काठेखोला गाउँपालिकामा ४ गरी २७ जनामा कोरोना देखिएको हो ।

गण्डकीमा थप ३४ जनामा कोरोना संक्रमण

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिकाका २, भानु नपाका ३, व्यास नपाका १ र पर्वतको कुश्मा नपाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टर लैजाने तयारी भइरहेको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ८८ पुगेको छ । १ सय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् भने कोरोनाबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना स्याङ्जाका हुन् ।

यस्तै, सल्यानको बागचौर नगरपालिकाका २६ वर्षीयलाई कोरोना पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित : असार १३, २०७७ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?