कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले घर बगाउँदा बागलुङमा एक महिला बेपत्ता

लालप्रसाद शर्मा

पोखरा — बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको फापरबारीमा शनिबार बिहान आएको पहिरोले घर बगाउँदा ३८ वर्षीया विमला पुन बेपत्ता भएकी छन् । विमलाका श्रीमान् टोपबहादुर र २ छोरी भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीको लागि नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण राणाले बताइन् । उनका अनुसार पहिरोले २ बाख्रा पनि मरेका छन् ।

प्रकाशित : असार ६, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?