कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा थपिए २ संक्रमित 

पोखरा — तनहुँमा थप दुई कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३९ र ४० वर्षका दुईजनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

तनहुँमा थपिए २ संक्रमित 

तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरुलाई सरकारी अस्पतालको आइसोलेसनमा लगिने स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताए । योसँगै तनहुँमा संक्रमितको संख्या ३ पुगेको छ भने गण्डकी प्रदेशभरी ५६ । त्यसमध्ये तीनजना निको भएर घर फर्किएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?