कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब सरकारलाई तालाचाबी बुझाउँछौं : पोखरेली व्यवसायी

कर तिर्ने समय असार मसान्तसम्म थप्न माग
दीपक परियार

पोखरा — सरकारले तोकेको समयसीमाभित्र कर तिर्न असमर्थ हुने पोखरेली उद्योगी व्यवसायीले बताएका छन् । आन्तरिक राजश्व विभागको उक्त कदम फिर्ता नभए कडा आन्दोलनमा उत्रिएर उद्योग व्यवसायको तालाचाबी सरकारलाई बुझाउने चेतावनी उनीहरुले दिएका हुन् ।

अब सरकारलाई तालाचाबी बुझाउँछौं : पोखरेली व्यवसायी

पोखरा उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी सबै प्रकारका कर बुझाउने समयसीमा लकडाउन तत्कलाल खुलेको अवस्थामा कम्तिमा असार मसान्तसम्म थप गर्न माग गरेको छ । संघका अध्यक्ष दामु अधिकारीले जेठ ३२ सम्म लकडाउन भएको, व्यवसाय बन्द भएको र सडकमा सवारी निषेध गरिएको परिस्थितिमा कर तिर्न नसक्ने बताए ।

एक त, हाम्रो व्यवसाय बन्द छ र कर चुक्ता गर्ने पैसा छैन, अर्कोतर्फ हाम्रो उद्योग/प्रतिष्ठानका लेखा हेर्ने कर्मचारीहरु पनि बिदामा छन्, कतिपय व्यवसायीहरु त उद्योग/प्रतिष्ठानमा ताला लगाएर अन्यत्रै गएका छन्,’ उनले भने, ‘उनीहरु कसरी आउने ? कसरी हिसाब किताब गर्ने र कसरी आन्तरिक राजश्व कार्यालयसम्म पुग्ने ?’

आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कको विवरण र कर रकम दाखिला गर्न हालै सूचना प्रकाशन गरेको थियो । व्यवसायीको दबाबपछि उक्त मिति असार ७ सम्म पुर्‍याएको छ ।

‘यो आग्रह हो कि धम्की हो ? विषम परिस्थितिमा व्यवसायीलाई गलपाँसो लगाउने यस्तो वुद्धि कहाँबाट आयो ?,’ अध्यक्ष अधिकारीले भने, ‘व्यवसायीको मनोबल बढाउनुपर्ने दायित्वबाट पन्छेर सरकारले यस्तो निर्णय कसरी गर्न सक्यो ? हामी आश्चर्यचकित भएका छौं । हामी आन्तरिक राजश्व विभागको यो कदमको कडा शब्दमा निन्दा गर्दछौं ।’

पत्रकार सम्मेलनमा प्रदेश सांसद विन्दुकुमार थापाले लकडाउन खुलेको एक महिनापछि मात्रै व्यवसायीले कर तिर्न सक्ने बताए । यसअघि बुधबार नै पोखरा पर्यटन परिषद र पश्चिमाञ्चल होटल संघले विज्ञप्ती प्रकाशित गरी कर तिर्ने समयसीमा थप्‍न माग गरेका थिए ।

प्रकाशित : जेष्ठ २१, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?