कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूख चढेर घाँस काट्दा करेन्टले मृत्यु

लमजुङ — रूख चढेर घाँस काट्ने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

दूधपोखरी गाउँपालिका–५, तस्यो गाउँकी ५४ वर्षीया आसमाया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले शनिबार अपराह्न घटना भएको बताए । उनकै नेतृत्वमा प्रहरी टोली गएर राति ११ बजेतिर रूखबाट शव निकालेको थियो ।

स्थानीय धनबहादुर गुरुङका अनुसार महिलालाई रूखसँगै तारमा अड्किएको घाँस झार्ने क्रममा करेन्ट लागेको हो । ‘बिजुली तार टााग्दा गल्ती गरियो । पहिले नै घाँस भएको ठाउँबाट नलाने भन्दाभन्दै पोल त्यहीँ गाडे,’ उनले भने, ‘अहिले यस्तो घटना भयो ।’ प्रहरीले शव पोस्टमार्टमका लागि आइतबार बिहानीपख बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल पुर्‍याएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?