कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखियो

सबै भारतबाट फर्किएका
लालप्रसाद शर्मा

पोखरा — हालैमात्र भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

बागलुङको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखियो

बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले कोरोना संक्रमणको पुष्टि गरे ।

संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । बागलुङमा पछिल्लो समय करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।


प्रकाशित : जेष्ठ १४, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?