कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छानोबाट लडेका मजदुरको मृत्यु

अगन्धर तिवारी

पर्वत — छानो छाउने क्रममा खसेका एक मजदुरको बिहीबार मृत्यु भएको छ । बर्दिया घर भइ केही समयदेखि कुश्माको एक ग्रिल कम्पनीमा कार्यरत ३४ वर्षीय चन्द्रमान चौधरीको उपचारका क्रममा मणिपाल अस्पतालमा ज्यान गएको हो ।

कुश्मा–६ दुर्लुङचोकस्थित ग्रिल उद्योगमा कार्यरत चौधरी बुधबार दिउँसो कुश्मा नगरपालिका–४ छमर्के घुम्तीस्थित फोहोरमैला व्यवस्थापन केन्द्रको टिनको छानो छाउने क्रममा खसेर घाइते भएका थिए । उनलाई बुधबारै पर्वत अस्पतालमा प्रारम्भिक उपचारपछि कास्कीस्थित मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो ।

घरको टिनको छानो छाउने क्रममा अन्दाजी १० फिटमाथि खसेर गम्भीर घाइते भएका चौधरीलाई सुरुमा पर्वत अस्पतालमा लगिएको भएपनि अवस्था जटिल भएपछि थप उपचार लागि पोखरा रिफर गरिएकोमा बिहिबार बिहान मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?