कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा गौहत्या आरोपमा २ जना पक्राउ

आश गुरुङ

लमजुङ — गौहत्या आरोपमा लमजुङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनाको २ दिनपछि उनीहरुलाई प्रहरीले पक्रेको हो । राइनास नगरपालिकाका ७ विशालटारका ६३ वर्षीय मुसे सार्की र ५३ वर्षीय भीमबहादुर सार्कीलाई मंगलबार विशालटारबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लमजुङमा गौहत्या आरोपमा २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर ओमप्रकाश पुनका अनुसार जेठ ४ गते आइतबार उनीहरुले गाई काटेको खुलेको छ ।

मंगलबार घटना बाहिरिएको र स्थानीय सुराकीको आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको उनले बताए । स्थानीयका अनुसार उनीहरुले मासु काटेर सुकुटी बनाएको र सुकुटीको विषयमा झगडा हुन थालेपछि घटना बाहिरिएको हो ।

दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अनुसन्धान थालिएको डीएसपी रवीन्द्रमान गुरुङले बताए । उनीहरुलाई प्रहरीले पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा चलाउने भएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?