कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३५ मजदुरलाई चोरबाटोबाट पठाइयो 

प्रतीक्षा काफ्ले

स्याङ्जा — पोखराबाट दुई दिन लगाएर स्याङजा पुगेका मजदुरलाई गण्डकी प्रदेशसंग जोडिएका प्रदेश ५ को नाका राम्दीमै रोकियो । लकडाउनको समयावधि लम्बिएपछि पैदलै ती मजदुर आफ्नो गन्तव्य हिडेका थिए ।

३५ मजदुरलाई चोरबाटोबाट पठाइयो 

पाल्पा जिल्लाले मजदुरलाई रोकावट गरेको थियो । सिदार्थ राजमार्गको बाटो हुदै पाल्पा छिर्न नपाएपछि अलपत्र ३५ जना मजदुरलाई बिहिबार साँझ चोरबाटोबाट प्रदेश ५ मा प्रवेश गराइएको थियो । गल्याङ नगरपालिकाको पहलमा अलपत्र मजदुरलाई राहत दिलाउनुपर्ने भन्दै राजमार्गको बाटो रोकिए पनि भित्री बाटो खुला हुने भन्दै पठाएको हो । राम्दीमा भोजन गराएर नपाकै पहलमा भित्री बाटो पठाइएको स्थानीयले बताए ।

स्याङ्जामा एक पालिकादेखी अर्कोसम्म पनि कामदार लगेर अलपत्र पारिदिने गरेको चर्चा छ । आफ्नो पालिकामा मजदुरको संख्या शुन्य राख्ने भन्दै एउटा पालिकाले अर्को पालिका लगेर छाडिदिने गरेको स्थानीय केपी खनाल बताए । उनले भने, ‘अलपत्र परेका मजदुरको व्यवस्थापन गर्ने बेलामा झनै समस्यामा पारिदिने गरिएको छ । प्रतिस्पार्धा गर्दै आफ्नो एरिया कटाउन मात्र खोज्ने गरेका छन् ।’

उनले अलपत्र मजदुरको व्यवस्थापनमा स्थानीय सरकार लागी पर्नुपर्ने बताए । राम्दीबाट स्याङ्जा प्रवेशमा पनि रोक लगाएको छ । त्यहाँबाट गल्याङ वा जिल्लाबासीलाई मात्र प्रवेश गराएको भएपनि अन्य जिल्लाका कामदारलाई प्रवेश निषेध छ ।

स्याङ्जामा तीन हजार हाराहारीको संख्यामा मजदुर रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ बताए । २१ सय कामदारलाई जिल्ला प्रशासनले सम्बन्धीत निर्माण कम्पनीलाई ताकेता गरेपछि आ–आफ्नो जिल्ला फिर्ता गरेको उनले बताए । उनका अनुसार बाँकी नौ सय कामदारमध्ये पनि कोही हिडेर गए भने कोही जिल्लामै छन । कास्की हुदै अन्यत्र जिल्लाबाट हिडेर आउने मजदुर अहिले बढी अलत्रपमा परेका छन् । यसैगरी, कास्की र स्याङ्जाको सीमाना कुविण्डेमा अलपत्र परेका कामदारलाई खानाको व्यवस्था गरिएको छ ।

विकास निर्माणको काममा रोजी रोटीको लागि आएका मजदुर लामो दुरीको यात्रा पैदलनै गरिरहेका छन । सरकारले कोरोनाको प्रकोपलाई न्यूनीकरण गर्न लकडाउन थप गरिरहेको अवस्थामा लकडाउनके कारण सृजित समस्यालाई समाधान गर्ने खानको लागि व्यवस्थापन गरिएको फेदीखोला गापाका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘हिडेर आउने सम्पूर्ण मजदुरलाई खाने बस्न गापाको आर्थिक र स्थानीयबासीको सहकार्यमा गरेका छौ’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?