कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदुरको मृत्यु


कावासोती — कालीगण्डकी करिडोरमा कार्यरत रुकुमका एक मजदुरको सुतिरहेकै अवस्थामा गैंडाकोटमा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार रुकुम सानोभरी गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय नरसिंह खडकाको मृत्यु भएको हो । लकडाउनमा करिडोरको काम रोकिएपछि घर जान नपाएर अलपत्र ३ सय मजदुरमध्ये उनी पनि एक थिए ।
उनको शव पोस्टमार्टमका लागि शनिबार भरतपुर अस्पतालमा पठाइएको छ । काम नभएको र ठेकेदारले घर पनि नपठाइदिएपछि अलपत्र उनी गैंडाकोट नगरपालिका वडा नम्बर ३ महेश्वरी खोलानजिक अरु मजदुरसहित दिन काट्दै आएका थिए ।
प्रकाशित : चैत्र ३०, २०७६ ०९:३८