कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुजुङ गए १० हजार जरिवाना 

आश गुरुङ

लमजुङ — पर्यटकलाई गाउँ प्रवेशमा रोक लगाएका क्व्होलासोंथर–४ भुजुङका बासिन्दाले लकडाउनमा गाउँ आउनेलाई जरिवाना गर्ने भएका छन् । विभिन्न बहानामा गाउँ प्रवेश गर्न खोजिएको भन्दै वडा कार्यालयले बैठक डाकी १० हजार जरिवाना तोकेको हो ।

भुजुङ गए १० हजार जरिवाना 


कसैले निर्णय थाहा नपाएर गाउँ आएको रहेछ भने उसलाई ५ हजार तोकिएको छ ।

वडाअध्यक्ष खिमबहादुर गुरुङका अनुसार विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस भुजुङमा फैलिन नदिन थप निर्णय गरिएको हो । गाउँ प्रवेश गरेकालाई जरिवानासहित १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय छ । बैठकले सामूहिक सहयोगका लागि यसअघि गरिँदै आएको टोल पर्ममा समेत बन्दे लगाएको छ । यस्तै, भोजभतेर र २५ जनाभन्दा बढी जम्मा भएर कुनै पनि काम गर्न नपाइने नियम बनाएको छ ।


लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङका अनुसार गाउाका प्रत्येक टोलमा वडा कार्यालय, युवा क्लब, आमा समूह, स्वास्थ्य चौकी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालयलगायतको समन्वयमा जनचेतनाका कार्यक्रम सञ्चालन गरिँदै छ ।


पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार यसअघि स्थानीयले वैशाख १६ सम्मका लागि पर्यटकलाई प्रतिबन्ध लगाएका थिए ।

प्रकाशित : चैत्र २५, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?