कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङबाट १२ विदेशी फर्कन मानेनन्

आश गुरुङ

लमजुङ — सरकारले विदेशी पर्यटकलाई आफ्नो देश फर्कन आग्रह गरे पनि मनाङबाट १२ जना पर्यटक फर्कन मानेका छैनन्। चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएका उनीहरु लकडाउनपूर्व नै मनाङमा थिए। 

मनाङबाट १२ विदेशी फर्कन मानेनन्

सबै पर्यटकलाई आफ्नो देश फर्कन आग्रह गर्दै पोखरा तथा काठमाडौं फर्किने व्यवस्था मिलाए पनि १२ जना मनाङमै रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए। ‘हामीले सार्वजनिक सूचना जारी गरेर विदेशीलाई आफ्नो देश फर्कन आग्रह गर्‍यौं। तर, उनीहरुले मनाङ छोडेनन्,’ उनले भने, ‘अहिले बुझ्दा उनीहरु आफ्नो देश फर्किन नचाहेको बुझ्यौं। जान्न भन्नेलाई बलजफ्ती गर्न पनि भएन।’


डीएसपी मेखबहादुर कुँवरका अनुसार उनीहरु छुट्टाछुट्टै ठाउँमा छन् । तल्लो मनाङको नासों गाउँपालिका १, तालमा २, वडा नं. ९ दानक्युमा ३, माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा १, पिसाङमा २ र वडा नं. ४ र ५ मा ५ जना छन्। उनीहरु अमेरिका, बेलायत, इटाली, फ्रान्स, स्वीट्जरल्यान्ड, रसिया, अर्जेन्टिना र स्पेनका हुन्।


लकडाउनपछि मनाङ प्रशासनले ३९ जना पर्यटकलाई उद्धार गरी पोखरा पुर्‍याएको छ। पहिलोपटक २४, दोस्रोपटक ६ र तेस्रोपटक ९ जना पर्यटकको उद्धार गरिएको थियो। अहिलेका पर्यटकले आफ्नो देशमा भन्दा मनाङमै सुरक्षित रहेको बताएका छन्।

प्रकाशित : चैत्र २३, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?