कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट फर्किएका ३ युवा क्वारेन्टाइनमा

हरिराम उप्रेती

गोरखा — भारतबाट फर्किएका तीन युवालाई सामूहिक क्वारेन्टाइनमा राखिएको छ । भैरहवाको वेलहिया नाकामा अलपत्र परेका उनीहरुलाई गोरखा प्रशासनको समन्वयमा उद्धार गरिएको हो ।

उनीहरुलाई सहिद लखन गाउँपालिका–२, आरुबोटस्थित बालज्योति प्राथमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष रमेश थापाले बताए ।

थापाका अनुसार भारतबाट फर्किए लगत्तै गोरखा अस्पतालमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो । ‘स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी पठाएर शरीरको तापक्रम नाप्ने काम पनि भइरहेको छ,’ उनले भने । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका उनले जानकारी दिए ।


गाउँपालिकाभित्र विदेशबाट फर्किएका ५३ जना होम क्वारेन्टाइनमा रहेको उनले बताए । विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य कार्यालयका फोकल पर्सनले बुझ्ने गरेका छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?