कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकीमा डुङ्गा डुब्दा एक बालिका बेपत्ता

नवलपरासी — बुलिंटारस्थित कालीगण्डकी नदीमा डुङ्गा डुब्दा एक नाबालिका  बेपत्ता भएकी छन् भने ३ जनाको उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मोहन खाणका अनुसार तनहुको रिसिङ गाउँबाट काठको डुङ्गामा बुलिंटारतर्फ आउँदै गर्दा डुबेर ११ वर्षीया इसारा दरै बेपत्ता भएकी हुन ।


बुधबार साँझ कालीगण्डकी तर्न डुङ्गामा सँगै रहेका १२ वर्षीया पूर्णमाया दरै, १३ वर्षीया नम्रता दरै र ११ वर्षीया सीमा दरै भने पौडेर बाँच्न सफल भएका छन् । डुंङ्गा चालक मनोज मोनरोप्पा मगर भने भागेका छन । बेपत्ता इसराको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?