कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफैंले बोकेको भरुवा बन्दुक पड्कदा घाइते

हरिराम उप्रेती

गोरखा — आफैंले बोकेको भरुवा बन्दुक पड्कदा बारपाक सुलिकोट–७ अमलेका ५८ वर्षीय तुलबहादुर गुरुङ घाइते भएका छन् ।

चितुवा तर्साउन भरुवा बन्दुक बोकेर जंगल हिँडेका बेला बन्दुक आफैं पड्किएर उनी घाइतेको भएको डीएसपी वासुदेव खतिवडाले बताए । ‘गाई बाख्रालाई दुःख दियो भनेर चितुवा तर्साउन जंगल जाँदै गर्दा भरुवा बन्दुक आफैं पड्कीएछ,’उनले भने ।


गुरुङको नाडी र छातीमा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । घाइते गुरुङको स्वास्थ्य अवस्था खतारामुक्त भएको डीएसपी खतिवडाले बताए । गुरुङको साथमा रहेको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


यसैबीच चैत २ गतदेखि हराइरहेका पालुङटार नगरपालिका–६ कालमाटाका ६८ वर्षीय बाबुराम थापामगर मृत अवस्थामा भेटिएका छन् । पालुङटार नगरपालिकाकै आपचौरस्थित मर्स्याङदी नदीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शव पोष्टमार्टम् पश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १९, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?