कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखा र धादिङ जोड्ने घाटबेंसीको झोलुंगे पुलमा ताल्चा

हरिराम उप्रेती

गोरखा — भिमसेन थापा गाउँपालिका–८ वोर्लाङ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ जोड्ने झोलुंगे पुलमा ताल्चा लगाइएको छ ।

गोरखा र धादिङ जोड्ने घाटबेंसीको झोलुंगे पुलमा ताल्चा

कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि गोरखा र धादिङ जोड्ने पुलमा साङला बाँधेर ताला लगाइएको भिमसेन थापा गाउँपालिका–८ का वडा अध्यक्ष बासु थापाले बताए ।


‘चैते दशैंको बेला पारिका मान्छे वारी आउने क्रम बढ्यो,फेरि रातिको समयमा मोटरसाइकल हिँड्ने क्रम पनि रोकिएन,’ उनले भने,‘अत्यावश्यक परे मान्छे आउन जान सक्ने तर मोटरसाइकल आउन नमिल्ने गरेर ताल्चा लगाएका हौँ ।’


त्यस्तै वडाभरका ७० नाघेका वृद्घवृद्घालाई थर्मस वितरण गरिएको वडाध्यक्ष थापाले बताए । ‘वृद्घ सम्मान स्वरुप एक लाख बजेट छुट्टाएका थियौँ,’ उनले भने,‘अहिले कोरोनाबाट बच्न सचेतना अपनाइएको छ, थर्मस भए वृद्घवृद्घालाई तातोपानी खान सहज हुन्छ सोचेर १८० थान थर्मस बाँडिरहेका छौँ ।’

प्रकाशित : चैत्र १९, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?