कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेडिकल र औषधि पसल खुला राख्‍न निर्देशन

हरिराम उप्रेती

गोरखा — नगर क्षेत्रका निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक र औषधि पसल खुल्ला राख्न गोरखा नगरपालिकाले निर्देशन दिएको छ । 

बिरामी तथा सेवाग्राहीबाट सेवा नपाएको जनगुनासो आएकाले लकडाउन आदेशपूर्व उपलब्ध गराउने सम्पूर्ण सेवाहरु नियमित सञ्‍चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो ।


सेवा प्रवाहलाई निरन्तरता नदिए कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाको चेतावनी छ । ‘बाहिर गाउँबाट आएका बिरामीलाई प्राइभेट मेडिकलहरुले लिन मानेनन् भन्ने गुनासो स्वास्थ्य शाखामार्फत थाहा पायौं,’ नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत बावुराम बरालले भने,‘हामीले सार्वजनिक सूचनामार्फत सेवा खुल्ला राख्न निर्देशन दिएका हौं ।’

प्रकाशित : चैत्र १९, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?