कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा कोरोना परीक्षण सुरु 

लालप्रसाद शर्मा

पोखरा — पोखरामा कोरोना भाइरस रोग (कोभिड–१९) को परीक्षण सुरु भएको छ । स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहित आवश्यक सामान हिजो मंगलबार पोखरा ल्याइएको थियो ।

पहिलो दिनै तीन जनाको स्वाब परीक्षण गरिएकोमा एक जनाको नतिजा आइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको नतिजा नेगेटिभ रहेको र अन्य दुईको आउने तयारीमा रहेको प्रदेश स्वास्थ्यनिर्देशक डा.विनोदविन्दु शर्माले बताए ।

आवश्यक किट, रसायन र प्राविधिकसहित उक्त मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ । ‘हामीले मंगलबारै तीन स्वाब परीक्षण सुरु गरेका हौं,’ शर्माले भने ।


प्रकाशित : चैत्र १९, २०७६ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?