कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्यान्‍न बोक्ने जिपमा मदिरा ओसारपसार गर्ने दुईजना पक्राउ

म्याग्दी — लकडाउनका बेला अत्यावश्यक खाद्यवस्तु ओसार्ने भन्दै मदिरा ओसारपसार गरेको पाइएपछि प्रहरीले म्याग्दीको बेनी नगरपालिका ८ कालीपुलका सुनिलकुमार साह र असल परियारलाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

खाद्यान्‍न बोक्ने जिपमा मदिरा ओसारपसार गर्ने दुईजना पक्राउ

मदिरा लिएर बेनीबाट रघुगंगा गाउँपालिकाको भगवतीतर्फ जान लागेको ग २ च ८८६९ नम्बरको जीप, चालक साह र सहचालक असल परियारलाई प्रहरीले पक्राउ गरेको हो । साहको खाद्यान्न तथा मदिराको पसल छ । साहलाई प्रहरीले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम सरकारी आदेशको अपहेलना कसुरमा कारबाहीका लागि जिल्ला प्रशासनमा पेश गरेको छ ।

सरकारले अत्यावश्यक वस्तु तथा सेवामात्र संञ्चालन गर्ने आदेश विपरीत अत्यावश्यक खाद्य सामाग्री ढुवानीको आवरणमा मदिराको ओसारपसार भएको खुलेको हो । ‘लकडाउन र स्थानीय प्रशासनले गरेको निशेधज्ञाको आदेश विपरीत अत्यावश्यक खाद्यान्न भन्दै मदिराजन्य पदार्थको ओसारपसार हुने गरेको भेटिएको हो । कालोबजारी भएको सूचनाको आधारमा जीप जाँच गर्नेक्रममा मदिरा बोकेको फेला परेको हो,’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने ।

प्रकाशित : चैत्र १७, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?