कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित युवकसँगै आएका लमजुङका सबै क्वारेन्टाइनमा

आश गुरुङ

लमजुङ — धादिङका कोरोना संक्रमित युवकसँगै एउटै विमानमा आएका लमजुङका ६ जना नै सम्पर्कमा आएका छन् । चैत ६ मा दुबईको शारजाहबाट एयर अरेबियाको जी–९५३७ फ्लाइटबाट उनीहरु नेपाल उत्रिएका थिए ।

संक्रमित युवकसँगै आएका लमजुङका सबै क्वारेन्टाइनमा

बेंसीसहर नगरपालिका–५ का सोमराज विक, बेंसीसहर–२ का कृष्णकुमार थापा, राइनास नगरपालिका–४ का डम्बरदेव काडेल, मस्र्याङ्दी गाउँपालिका–५ का आइतसिंह गुरुङ, सोही गाउँपालिका वडा नं ९ का विष्णुमणि भण्डारी र दोर्दी गाउँपालिका–१ का आशिष गुरुङ सम्पर्कमा आएका हुन् । उनीहरुमध्ये आशिष आइतबार मात्रै स्थानीय प्रशासनको सम्पर्कमा आएका हुन् । अन्य भने यसअघि नै सम्पर्कमा आएर परिवारसहित क्वारेन्टाइनमा बस्दै आएका थिए ।


प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले सम्पर्कमा आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ । उनका अनुसार चार जना लमजुङमै रहेको र दुई जना काठमाडौंमा क्वारेन्टाइनमा बसेका छन् । लमजुङमा रहेकामध्ये तीन जनाको कोभिड–१९ परीक्षणको लागि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले स्वाबको नमुना लिएको छ । उक्त नमुना परीक्षणको लागि काठमाडौं पठाइने उनले बताए ।


बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सोमराजलाई बेंसीसहर–७ मा रहेको सहरी विकास कार्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको जानकारी दिए । बेंसीसहर–२ कृष्णलाई भने परिवारसँगै होम क्वारेन्टाइनमा बसेका छन् ।


राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाका अनुसार डम्बरदेवलाई बेंसीसहरस्थित सहरी विकास कार्यालयको क्वारेन्टाइनमा पठाइएको छ । उनका परिवार भने घरमै क्वारेन्टाइनमा बसेका छन् । आइतसिंह र उनको परिवारलाई घेर्मुस्थित गंगामिलन माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । विष्णुमणि भने काठमाडौंमा क्वारेन्टाइनमा छन् ।


आशिष भने काठमाडौंस्थित फुपूको घरमा क्वारेन्टाइनमा बसेका दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार उनमा हालसम्म कुनै शारीरिक समस्या देखिएको छैन ।

प्रकाशित : चैत्र १६, २०७६ २३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?