कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण रोक्न ‘डिस–इन्फेक्टेन्ट’ छरियो, सीमामा कडा निगरानी 

नवीन पौडेल

(परासी) — पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकामा कोरोना भाइरसको संक्रमण रोक्न बजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छरिएको छ । संक्रमण फैलिन नदिन नगरपालिकाले शनिबार अपरान्ह ४ बजेपछि ‘डिस–इन्फेक्टेन्ट’ छरिएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।

संक्रमण रोक्न ‘डिस–इन्फेक्टेन्ट’ छरियो, सीमामा कडा निगरानी 

उक्त किटनाशक औषधि छर्ने क्रममा नगरवासीलाई आ–आफनो घरको झ्यालढोका बन्द गरी घरभित्रै बस्न अनुरोध गरिएको उनले जानकारी दिए । उनका अनुसार यो क्रम आइतबार पनि जारी रहनेछ ।


औषधि, तरकारी, खाद्यान्न पसलमा सरसमान किनमेल गर्दा भिडभाड हुने भएकोले यहाँका पसलमा ५/५ फिटको दूरीमा उभिनका लागि घेरा बनाइएको छ । खरिदका क्रममा गोलो गोलो घेरामा बस्ने र पालैपालो सामान किनेर घर फर्कनुपर्ने भन्दै उपभोक्ताहरुलाई सचेत बनाइएको छ ।


यसैबीच, जिल्लामा भारत र अन्य मुलुकबाट आएका ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतसँग सीमा जोडिएका महेशपुर, झुलनीपुर र सुस्ता नाकामा सुरक्षाकर्मीले कडा निगरानी राखेका छन् ।


रामग्राम नगरपालिकामा ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । परासीको बुद्धचोकस्थित आदर्श माविमा क्वारेन्टाइन बनाइएको हो । संक्रमण पुष्टि भएका व्यक्तिलाई प्राथमिक उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा चार बेडको आइसोलेसन कक्ष तयार गरिएको छ ।



प्रकाशित : चैत्र १५, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?