कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङका दुई अस्पतालमा फिबर क्लिनिक

आश गुरुङ

(लमजुङ) — कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका भएका बिरामीको जाँच तथा उपचारका लागि लमजुङका दुई वटा सामुदायिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको छ ।

लमजुङका दुई अस्पतालमा फिबर क्लिनिक

बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको हो । बहिरंग (ओपीडी) सेवा बन्द गरेका दुवै अस्पतालले आकश्मिक कक्षमा जानुअघि ज्वरो, रुघाखोकीका बिरामीलाई फिबर क्लिनिकमै जााच गर्न थालेका छन् । अस्पतालको टिकट काउन्टरअगाडि त्रिपाल टाागेर क्लिनिक सञ्चालन गरिएको लमजुङ सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।


उनका अनुसार क्लिनिकमा चिकित्सकहरुले बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा दिइरहेका छन् । शुक्रबार भने ९ बजेदेखि २ बजेसम्म मात्रै सेवा दिइने उनले बताए । ‘घाउ तथा चोटपटक लागेकालाई भने इमरजेन्सीमै उपचार गरिएको छ,’ उनले भने ।


उक्त अस्पतालमा ५ बेड क्षमताको आइसोलेसन कक्षसमेत बनाइएको छ । संक्रमणको आशंका देखिएका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ ।


सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रका अनुसार ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएका बिरामीका लागि नमुना सामुदायिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको हो । कोरोना भाइरसको संक्रमण जस्तो लक्षण देखिएका बिरामीलाई अस्पतालमा बनाइएको ८ बेड क्षमताको आइसोलेसन कक्षमा राखेर उपचार गरिने उनले जानकारी दिए ।


लमजुङमा आइसोलेसन कक्ष तयार गरिए पनि हाल उपचारार्थ बिरामी छैनन् । केही दिनअघि लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा एक बिरामीको उपचार गरिएको थियो । सोपश्चात् उनलाई काठमाडौंको पाटन अस्पताल लगेर भर्ना गरी स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएको थियो ।


फिबर क्लिनिक सञ्चालन गर्ने अस्पताललाई सरकारले १० लाख रुपैयाा बजेट विनियोजन गरेको छ ।


प्रकाशित : चैत्र १५, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?